मस्को (रुस)— प्रशान्त महासागरमा एक पानीजहाज डुब्दा ५४ जनाको मृत्यु भएको छ। कूल १३२ जना चढेको सो जहाजमा ७८ रुसी तथा ५४ अन्य मुलुकका नागरिक सवार थिए। रुसको समुन्द्र उद्दार केन्द्रका अनुसार ६३ जनालाई जीवित उद्दार गरिएको छ। १५ जना अझै बेपत्ता छन्। घटना भएको स्थान वरपरको तापक्रम झन्डै शून्य डिग्री छ।
रुसको बिपत मन्त्रालयको स्थानीय विभागले दिएको जानकारी अनुसार इन्जिन कम्पाटमेन्टमा पानी भरिएका कारण जहाज डुबेको हो। जहाजलाई डुब्न १५ मिनेट लागेको थियो।
जीवितको उद्दारका लागि दुई दर्जन जहाज तथा हेलिकोप्टर परिचालन गरिएको छ।