तीम्ल्याहा दिदी बहिनीको बिहेमा श्रीमानहरु झुक्किएपछि….
- एजेन्सी / ब्राजिल,
२९ वर्षीया तीन दिदी बहिनीलाई सँगै मण्डपमा राखिएपनि उनीहरुको मिल्दोजुल्दो जिउडाल र अनुहारका कारण हुनेवाला श्रीमानहरु अलमल्लमा परेका हुन् ।
तीनै जनाले उस्तै किसिमका विवाह पहिरन, हेयरस्टाइल र मेकअप समेत उस्तै गरेका उनीहरु एक अर्कालाई चिनियोस् भनेर फरक–फरक रंगका गुलदस्ता दिइएको थियो ।
तर, उनीहरुका श्रीमानहरु भने कयौं पटक झुक्किएका थिए । ती दिदी बहिनीहरुले कयौँ पटक त जानी–जानी आफ्ना हुनेवाला श्रीमान तथा अन्य उपस्थित पाहुनाहरुलाई समेत झुक्याएको बताएका छन् ।