News
»
पारस शाह काठमाडौं आइपुगे (फोटो फिचर)
पारस शाह काठमाडौं आइपुगे (फोटो फिचर)


काठमाडौं, चैत १९– पूर्व युवराज पारस शाह बिहिबार मध्यान्ह काठमाडौं विमानस्थलमा ओर्लिएका छन् । लामो समययता थाइल्याण्डमा बस्दै आएका शाह पछिल्लो समय लागूऔषध कारोबारको अभियोगमा पक्राउ परी थाई जेलमा रहेको र गत मार्च २६ का दिन रिहा भएसँगै स्वदेश फर्किएका हुन् । थाई एअरवेजबाट नेपाल आएका उनी विमानस्थलबाट बाहिरिँदै गर्दा सयौं समर्थकहरुले उनको जयजकार गर्दै नाराबाजी गरेका थिए । तर, उनी लामो समयपछि नेपाल आएको भएपनि श्रीमति हिमानी शाह तथा परिवारका कुनै पनि सदस्य उपस्थित भएका थिएनन् । तर, साथीहरु भने उनलाई ‘रिसिभ’ गर्न पुगेका थिए । हिमानीसँग पारसको राम्रो सम्बन्ध नभएकाले नै पारसलाई ‘रिसिभ’ गर्न हिमानी विमानस्थल नभएको बुझिएको छ । पारस बा ३ च ५४०६ नम्बरको कार चढेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए । थाईल्याण्डबाट उनीसँगै साथी सुनील खड्का पनि आएका थिए । थाईल्याण्डमा बसाइकै क्रममा सन् २०१२ मा उनी फुकेटमा लागुऔषधसहित पक्राउ परेका थिए । यस्तै २०६९ फागुन मा ड्रग ओभरडोजका कारण उनलाई हृदयघात भएपछि पुर्नजीवन पाएका थिए । त्यतिबेला उनले लामो समय बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएका थिए । तस्बीर: गोकर्ण लामिछाने
प्रतिक्रिया दिनुहोस्...