पारस शाह निर्मल निवास गएनन्
धुम्बाराहीस्थित शाही नातेदारको घरमा बस्ने
काठमाडौं : थाइल्यान्डमा तीन वर्ष लामो बसाइपछि पूर्व युवराज पारस शाह बिहीबार मध्यान्ह काठमाडौं आइपुगेका छन् ।
थाइल्यान्ड बस्ने क्रममा लागू औषध प्रयोग र प्रेमिकासँगको झगडाका कारण जेल र प्रहरी हिरासतमा बस्न बाध्य उनलार्इ मंगलबार मात्रै थाइ अदालतले जेलबाट रिहा गरेको थियो ।
लागू औषध प्रयोगसम्बन्धी मुद्दामा थाइ अदालतले सफाइ दिएपछि उनी जेलबाट रिहा भएको दुर्इ दिनमै नेपाल फर्केका हुन् । थाइ एयरवेजको जहाजबाट मध्यान्ह काठमाडौंमा ओर्लेका उनलार्इ स्वागत गर्न पूर्वराज परिवारबाट कोही पनि आएनन् ।
उनको स्वागतमा करिब एक हजार समर्थक र युवाहरुको भींड विमानस्थलमा पुगेको थियो । विमानस्थलमा लिन उनकी पत्नी हिमान समेत आइनन् ।
पूर्वराजपरिवारका सदस्य नआएपछि उनी निर्मल निवास गएनन् । उनी अहिले एक शाही नातेदारको धुम्बाराहीस्थित घरमा पुगेका छन् ।
निर्मल निवाससँगको सम्बन्ध राम्रो भइनसकेकाले उनी कही समय धुम्बाराहीकै शाही नातेदारको घरमा बस्ने भएका उनी निकट स्रोतले जानकारी दिएको छ ।