‘पानीजहाजबाट फालेर १२ जनाको हत्या’
काठमाडौं, वैशाख ४ । नाइजेरिया र घानाका आप्रावासी चढेको पानीजहाजमा सवार १२ जना क्रिश्चियनलाई पानीजहाजबाट फाल्ने १५ जना मुस्लिमलाई इटली प्रहरीले गिरफतार गरेको छ ।
लिबियाबाट इटालीतर्फ गइरहेको पानीजहाजमा सवार आप्रवासीहरुबीच ‘धार्मिक विषय’मा विवाद हुँदा क्रिश्चियन समुदायका १२ जनालाई पानीजहाजबाट फालेर हत्या गरेको अभियोगमा उनीहरु पक्राउपरेका हुन् ।
पक्राउ परेकाहरुले आफूहरुमाथिको आरोप स्वीकार गर्दै धार्मिक विभेदका कारण उनीहरुलाई फालेको बयान दिएका छन् ।
लिबियाबाट इटालीतर्फ गइरहेको १ सय ५ यात्रु सवार सो पानीजहाज हाल इटालीको नियन्त्रणमा छ । (एजेन्सी)
