प्रचण्डलाई दिपकराज गिरीको डाइलग
चर्चित हास्य कलाकार दिपक राज गिरीले आम हड्ताल नभएर भवक हड्ताल गर्न परचण्ड नेतृत्वको मोर्चालाई सुझाव दिएका छन् । प्रचण्ड नेतृत्वको विपक्षी मोर्चाले तीन दिने आम हडताल गर्ने तयारी गरिरहेको समयमा दिपकराज गिरीले फेसबुकबाट यस्तो सुझाव दिएका हुन् ।
उनले भनेका छन्ः नेपाल बन्द, आमहडताल र दलहरुको सम्बन्ध के छ? फेरि ३ दिने आमहडताल रे, सक्नु हुन्छ डा. के.सि जस्तै खान बन्द गर्नुस,
साच्च्कै आन्दोलन गर्ने भए संयुक्त आम भोकहडतालमा बस्नुस, नत्र तपाइहरूको यो ३ दिने हडतालले कति मजदूरहरू भोकै सूत्न बाध्य हुनेछन्, संबिधान निर्माण गर्न नसक्ने नि तपाइहरू बन्द, हड़ताल गरेर निमुखाहरूलाई भोक हडतालमा धकेल्ने नि तपाईहरू?
नेताहरुले संविधान निर्माण गर्न नसक्ने अनि बन्द गरेर मानिसहरुलाई भोकै बस्न बाध्य पार्ने भन्दै उनले कडा टिप्पणी समेत गरेका छन् ।