प्रहरी चौकीमा इन्सपेक्टरले युवतीको कपडा खोलेर योनीमा लट्ठी घुसाएपछि
नयाँदिल्ली : कानुनले अपराधीलाई सजाय र पीडितलाई न्याय दिने काम गर्दछ । त्यसको रक्षा गर्न प्रहरी, सुरक्षाकर्मी खटिएका हुन्छन् । प्रहरी नै कानुनको पहरेदार हो । तर, यहाँ यस्तो घटना सार्वजनिक भएको छ । जसले कानुन हातमा लिएको पुष्टि गर्दछ ।
प्रहरीका सब इन्सपेक्टरले चोरी गरेको आरोपमा युवतीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका छन् ।yonimakapadaभारतको दिल्ली प्रहरीका सब इन्सपेक्टर राजबीरले चोरीको आरोपमा पक्राउ परेका दुई युवतीलाई मुख नखोलेको भन्दै कपडा खोलेर निर्घात कुटपिट गरेका छन् । राजबिर रोहिणी साउथ थानाका इन्चार्ज समेत हुन् ।
युवतीले बताएअनुसार सब इन्सपेक्टर राजबिरले चोरीको आरोप लगाएर महिला प्रहरीबाट कपडा खोल्न लगाएका थिए । त्यसपछि महिला प्रहरीलाई बाहिर पठाएर सुरुमा कुटपिट गरे । त्यसपछि गुप्तागंमा लगाएको कपडा पनि आफैले खोलेर लट्ठी घुसाएका थिए ।
लट्ठी घुसाउँदा युवती चिच्यायपछि उनले छाडेका थिए । यातना दिएर सोधपुछ गरेपछि २ घण्टा नियन्त्रणमा राखेर युवतीलाई छाडिएको थियो । प्रहरी चौकीमा यस्तो दुव्र्यवहार भएपछि युवतीले इन्सपेक्टरविरुद्ध निर्घात कुटपिट गरेको भन्दै मुद्दा दर्ता गराएका छन् ।
ती युवतीको अस्पतालमा उपचार भइराखेको छ । दुवै युवतीको शरीरमा कुटर निलडाम देखिएका छन् । यस घटनाबारे प्रहरी अधिकारीहरुले कुनै प्रतिक्रिया दिन मानेका छैनन् । आजभोली प्रहरीबाटै नागरिक असुरक्षित हुन थालेका छन् । एजेन्सी
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।