भूकम्प गएको दिनदेखि ६ दिनसम्मको कल सेवा निशुल्क : टेलिकम
काठमाडौं, वैशाख १७ - भूकम्प गएको दिन शनिबारदेखि नेपाल टेलिकमले ब्यालेन्स नहुनेहरुलाई दिएको कल तथा डाटा सुविधा निशुल्क रहेको जनाएको छ । यो सुविधा बिहीबार राती १२ बजेसम्म कायम रहने टेलिकमले स्पष्ट पारेको छ । टेलिकमले भूकम्प गएको दिनदेखि नै निःशुल्क कल तथा डाटा सुविधा दिँदै आएको छ।
बिहीबार राती १२ बजेपछि पनि शुन्य ब्यालेन्समा कल गर्न सकिने तर गरेको कलको रकम पछि रिचार्ज गरेपछि काट्टा गरिने टेलिकमले स्पष्ट पारेको छ । यस्तै ल्यान्डलाइन फोनको हकमा भने वैशाख महिनाको न्युनतम महसुलमा थप १०० कल निशुल्क गरिएको टेलिकमले जनाएको छ।


