मलालामाथि गोली हान्‍नेलार्इ फासीको सजाय


एजेन्सी : पाकिस्तानकी साहसी किशोरी तथा सबैभन्दा सानो उमेरमा नोबेल पुरस्कार विजेता मलाला यूसुफजईमाथि गोली हान्ने एक व्यक्तिलार्इ मृत्युदण्डको सजाय सुनाइएको छ ।


मलालामाथि गोली हान्ने काममा संलग्न १० जनामध्ये एकजनालार्इ फासीमा झुण्ड्याउन  पाकिस्तानी अदालतले आदेश दिएको हो ।

स्वात घाँटीको एन्टी टेररिस्ट अदालतले अन्य चारजना आक्रमणकारीलार्इ जन्मकैदको सजाय सुनाएको छ । मलालामाथि आक्रमण गर्नेहरुलार्इ प्रहरीले गत सालको डिसेम्बर महिनामा गिरफ्तार गरेको थियो ।

गत डिसेम्बरमा पेशावरको एक आर्मी पब्लिक स्कूलमा गरिएको हमलापछि १७  डिसेम्बरबाट पाकिस्तानमा मृत्युदण्डको सजायमाथिको प्रतिबन्ध हटाइएको थियो ।

मलालमाथि तालिबानी आतंककारीका सदस्यले आक्रमण गरेका थिए । मलालाले तालिबानको उर्दीको अवज्ञा गर्दै १४ वर्षीया मलाला ९ अक्टोबार २०१२ मा स्कुल गएकी थिइन् ।

मलालामाथि तालिबानी आतंककारीले स्कुलमै गोली हानेका थिए ।टाउकोमा गोली लागेपनि उनी बाँच्न सफल भएकी थिइन् ।

बेलायको अस्पतालमा करिब २ महिना लामो उपचारपछि पूर्ण स्वस्थ भएकी उनी संसारकैलागि  कदरयोग्य ब्यक्ति बन्न पुगिन् ।

गोली हानिएको ठीक २ वर्ष एक दिनपछि उनले १० अक्टोबार २०१४ मा विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् ।

उनीसँगै बालबालिकाको अधिकारका लागि अभियान चलाउँदै आएका भारतका समाजसेवी कैलाश सत्यार्थीलार्इ नोबेल शान्ति पुरस्कार दिइएको थियो ।




प्रतिक्रिया दिनुहोस्...