सुन तोलामा एक सय रुपैयाँ बढ्यो


काठमाडौ, बैशाख ८–मंगलबार सुन तोलामा एक सय रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलको ५१ हजार नाँै सय रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोलाको ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदिको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोलाको ६ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मंगलबार कुनै परिवर्तन भएको छैन । 




प्रतिक्रिया दिनुहोस्...