उद्धारमा भारतीय टिम सक्रिय
काठमाडौं: नेपालमा बारम्बार आएको शक्तिशाली भूकम्पबाट प्रभावितको उद्धारका लागि भारतबाट आएका हेलिकोप्टर, जहाजसहितको विशेष टोली सोमबार बिहानैदेखि सक्रिय रहेको छ ।
छिमेकी भारले भूकम्पबाट पीडितको उद्धारको लागि इन्डियन एअरफोर्सका चारवटा ६ वटा एमआइ १७, ६ वटा थ्री एलएच ध्रुव विमानसहित कार्यदल नेपाल पठाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विपत्तिमा सघाउन उच्च सरकारी अधिकारीहरुलाई आइतबारै निर्देशन दिएका छन् ।
महाभूकम्पमा परी मृत्यु भएकाको उत्खनन र घाइतेको उद्धारका लागि चीन सरकारले ६२ सदस्यीय कार्यदल पठाएको छ ।
यसैगरी चिनियाँ कार्यदल आइतबार बिहान ११ बजे काठमाडौंमा उत्रेको हो । ६२ सदस्यीय कार्यदलको एक जनाको टोलीले नयाँ बसपार्कस्थित एक भवन भत्किएर पुरिएका एक दर्जनभन्दा व्यक्तिको उद्धार थालिएको छ ।
चीन सरकाले नेपाललाई अन्य राहत तथा सहयोगको कार्यक्रम छिट्टै घोषणा गर्ने जानकारी गराएको छ ।
यसैगरी संयुक्त राज्य अमेरिकाले नेपाललाई १० मिलियन सहयोग उपलब्ध गराउने भएको छ । जापानले सोमबार ७० सदस्यीय कार्यदल नेपाल पठाएको छ । उनीहरु जपानको थाइल्यान्ड हुँदै काठमाडौें आइपुगेका छन् ।
कार्यदलमा विदेशमन्त्रालयका अधिकारी, जापान नेशनल पुलिस एजेन्सी, फायर एन्ड डिज्यास्टर म्यानेजमेन्ट एजेन्सी, जापान पथ रक्षा दलका अधिकारीहरु संलग्न छन् ।
जापानले दुई करोड २५ लाख जापानी येन, बराबरको आर्थिक सहायता नेपालले उपलब्ध गराउने नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
पाकिस्तानले नेपालको भूकम्पमा भएको क्षतिप्रति दुख व्यक्त गर्दै औषिधिहरु र उद्धार सहायतामा सघाउन एक टोली नेपाल पठाएको छ ।
संयुक्त राष्टसंघका बान की मुनले नेपालमा गएको महाभूकम्पप्रति दुख व्यक्त गरेका छन् ।
नेपालस्थित संयुक्त राष्टसंघीय कार्यालयले भूकम्पबाट पीडित राहत तथा उद्धारका लागि सहयोग गर्न विभिन्न टोली परिचालित भइरहेको जनाएको छ।
नेपालस्थित संयुक्त राष्टसंघीय आवासीय प्रतिनिधि जेमी म्याकगोल्डरिकले सरकारी अधिकारीहरुलाई भेटी नेपालको यो दुखद सघाउन राष्टसंघ तत्पर रहेको बताएका छन्।
काठमाडौंस्थित बेलायती दूतावासका अनुसार बेलायतले नेपालको उद्धार प्रक्रियामा सघाउन एक मिसन नेपाल पठाएको छ।
