गोरखामा अढाई सयको ज्यान गयो
बारपाकमा मात्रै ८५ जना मारिए
गोरखा : शनिबार गएको महाभुकम्पमा परी गोरखामा २ सय ५२ जनाको मृत्यु भएको छ । भूकम्पबाट सयौं अरु मरेको अनुमान छ ।
जिल्लाका ६५ हजार ९ सय ३७ घरधुरीमध्ये करिब ९० प्रतिशत घर भत्केको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले जानकारी दिए । उनका अनुसार गोरखा सदरमुकामका पनि २० प्रतिशत घर भत्केका छन् ।
बारपाक केन्द्रविन्दू भएर गएको पहिलो ७.८ म्याग्निच्यूटको भूकम्पमा परी बारपाकका सबैभन्दा धेरै ८५ जनाको मृत्यू भएको छ ।
सोही गाविसका मात्र एकसय भन्दा धेरैको मृत्यु भएको अनुमान छ । सो गाविसको एकैठाउँमा रहेका १२ सय ७४ घरधुरीमध्ये करिब एकदर्जन पक्कीबाहेक सबै घर ध्वस्त भएका छन् ।
त्यस्तै अन्य वडामा रहेका करीब ४ सय घर पनि पूर्णरुपमा नष्ट भएका स्थानीय किरण घलेले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर भत्कँदा र विद्युत सर्ट हुँदा आगलागी भएर घरभित्रै र भागिरहेका सयौं मारिएका छन् ।
घटना भएको तीन दिनसम्म वडा नंबर १, २, ७ र ८ मा घाइते र शव निकाल्न सकिएको छैन । सबैभन्दा धेरै मानवीय क्षति भएका गाविसहरुमा बारपाक, थुमी, लापु, सिम्जुङ, सौरपानी, लाप्राक, केरौंजा, उहिया, गुम्दा, मुच्चोक र मान्बु् रहेका छन्।
आइतबार साँझसम्म प्राप्त जानकारी अनुसार थुमीमा २६ जना, मान्बुमा २३ जना, लापुमा २१ जना, सिम्जुङमा १५, मुच्चोकमा १४, सौरपानीमा १२ जनाको मृत्यू भइसकेको छ । त्यस्तै लाप्राकमा १५ भन्दा बढीको मृत्यु भएको छ ।
गुम्दा, केरौंजा, काशिगाउँ, उहियाँमा डाँडै पहिरोमा परी बस्ती पुरिएकाले मर्नेको संख्या एकीन गर्न सकिएको छैन। गुम्दा गाविसको माछाखोला बजारमाथिको डाँडाबाट झरेको पहिरोले बजार पुरिएको खबर प्राप्त भएको छ ।
त्यहाँ रहेको प्रहरी चौकीमासमेत क्षति पुगेको छ । केरौंजाको डाँडाबाट झरेको पहिरोले बाटोमा हिँडिरहेका करिब २ सयजना तीनदिनदेखि सम्पर्कबाहिर छन् ।
खोर्लाबेंसीको घर पहिरोमा पर्दा गाउँतिर उकालो लागेका २७ घरका बासिन्दाहरु हराइरहेका छन् । काशीगाउँ, केरौंजा, गुम्दा, उहिया, लाप्राक गाउँबाट जंगलमा गोठालो गएका र बटुवाहरु हराइरहेका छन् ।
सदरमुकाममा रहेका सो क्षेत्रका बासिन्दाहरुले सो क्षेत्रमा छिटो उद्धार टोली पु्र्याई राहत सामग्री लैजान दैवी प्रकोप उद्धार समितिलाई दबाब दिइरहेका छन् ।
बारपाकबाहेक भूकम्पले क्षतिग्रस्त अन्य गाउँमा पुरिएकालाई तेस्रो दिनसम्म पनि उद्धार गर्न सकिएको छैन । ‘बाँच्ने सम्भावना भएकाहरु तीन दिनसम्म उद्धार हुन नसक्दा मर्ने भइसके’ सिम्जुङकी चन्द्रा गुरुङले भनिन्, ‘चेपिएर, पुरिएकाहरु ऐया ऐया भनिरहेका छन् । उद्धार गर्न सकिएको छैन । जति कराएपनि सरकारी निकाय कानमा तेल हालेर बस्छ ।’
बारपाक गएको एउटा उद्धार टोली फर्केर सिम्जुङ पुगेको छ । स्थानीयबासी पनि हिँडडुल गर्न नसकेका बारपाकभन्दा माथिका गाविसहरुमा भने उद्धार टोली पुग्न भने अझै कठिन छ ।
आइतबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरले बारपाकबाट ७४ जना घाइतेलाई उद्धार गरी पोखराको अञ्चल अस्पताल पु¥याएको छ । त्यस्तै ४ सय थान पाल र ४ सयथान कम्मल, ३० कार्टुन चाउचाउ र २० कार्टुन पुर्याइएको छ ।
अपरान्ह आएको भारतीय वायुसेनाको हेलिकोप्टर सो क्षेत्रमा अवतरण गर्न नसकी फर्केको छ । स्वास्थ्यकर्मी बोकेर गएको हेलिकोप्टरलाई मान्बु पु¥याई वतरण गराइयो । सो हेलिकोप्टरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, सभासदहरु छमबहादुर तमु र चिनकाजी श्रेष्ठ पनि थिए ।
आइतबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली प्रभावित गाविसहरुमा उद्धारका लागि गएका छन् ।