बार्सिलोना क्लबले भूकम्पले ज्यान गुमाएको सम्झनामा १ मिनेट मौन धारण गर्ने
स्पेन, बैसाख १५ – शनिबारको विनासकारी भुकम्पबाट ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै फुटबल क्लब बार्सिलोनाले आज बेलुका हुने खेलमा १ मिनट मौनधारण गर्ने भएको छ । फुटबल क्लब बार्सिलोनाका एक पधादिकारीले एनआरएन स्पेनका अध्यक्ष एकराज गिरीलाई फोन मार्फत उक्त जानकारी दिएका हुन् । आज राति नेपाली समय अनुसार ११ बजेर ४५ मिनट मा बार्सिलोना क्लब र गेताफे क्लब बीच खेल हुँदै छ ।

