श्वेताले कोहिनुरबाट उठेको रकम भूकम्प पीडितलार्इ दिने


फोटो :फाइल फोटो
काठमाडौं : ले कोहिनुर चलचित्रको अमेरिकामा गरिने च्यारिटी शोबाट उठेको रकम भूकम्प पीडितलार्इ दिने घोषणा गरेकी छन् ।

हाल उपचारका क्रममा अमेरिकामा रहेकी उनले पति श्रीकृष्णको निधनपछिको पीडाबाट निस्कँदै गर्दा भूकम्पले पुन: आफूलार्इ मर्माहत बनाएको उल्लेख गरेकी छन् ।

भूकम्प पीडित नेपालीका लागि अमेरिकामै उपचारमा रहँदा प्राथना गरिरहेको उनले जनाएकी छन् । 'बल्लबल्ल दु:खबाट आफुलार्इ सम्हालन सकेको थिएँ', उनले भनेकी छन्, 'आज एक्कासी सबै नेपालीमा आएको बिप्पत्तिले मेरो टालिएको मन च्यात्तिएको छ । म सार्है मर्माहत छु।'

अमेरिकाको विभभिन्न शहरमा प्रदर्शन हुन लागेको कोहिनूर चलचित्रबाट संकलित सबै रकम भूकम्प पीडितहरुलाई सहयोग गर्ने उनले जनाएकि छन् ।

'मैले सक्ने मेरो ठाउँबाट गर्नेछु । सबै जनालार्इ मेरो तेरो परिवार नभनी सबै हाम्रो रगत हुन्, हाम्रो आमा एउटै हुन्', उनले भनेकी छन्, 'धर्तीमाता सम्झेर आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुहुन अनुरोध गर्दछु।'

उपचारपछि नेपाल फर्केर भूकम्प पीडितलार्इ सहयोग गर्न तनमनले जुट्ने बताउँदै उनले यो विपत्तिमा बिचलित नभर्इ सबैलाई सहयोग जुटाउन पनि उनले आग्रह गरेकी छन् ।






प्रतिक्रिया दिनुहोस्...