पागलले भुइँचालो आउँछ भन्दा काठमाडौंका मान्छे सडकमा


फोटो :अन्‍नपूर्ण
काठमाडौं : नेपाल प्रहरीले भूकम्प आउँदै भन्दै माइकिङ गर्ने व्यक्तिलाई पक्रेर प्रहरीमा बुझाउन आग्रह गरेको छ ।

गत शनिबार भूकम्प गएर आतंकित जनसमुदायमा भूकम्प आउने सन्देशसहित माइकिङ गर्ने व्यक्तिले झनै आतंक फैल्याएको भन्दै ती व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भूकम्पको पूर्वानुमान गरेर माइकिङ गर्ने व्यक्ति मानसिक सन्तुलन गुमाएको भन्ने बुझिएको भन्दै ती व्यक्तिको खोजीमा सहयोग गर्न पनि अपिल गरेको छ ।

‘भूकम्प आउँदैछ भनेर माइकिङ गर्ने व्यक्ति मानसिक सन्तुल गुमेको व्यक्ति भन्ने बुझिएको छ’, नेपाल प्रहरीले ट्वीटमार्फत भनेको छ, ‘प्रहरीले उसको खोजी गरिरहेको छ । यदि देख्नुभएमा खबर गर्नुहोस ।’






प्रतिक्रिया दिनुहोस्...