एक दशक पछि फेरी बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय बच्चन एउटै फिल्ममा देखिने भएका छन् । सलमानको आउँदो फिल्म ‘प्रेम रतन धन पायो’मा लामो समयपछि यो जोडी सँगै देखिने भएको हो ।
एक दशकअघिको यो जोडीको अन्तिम फिल्म ‘हम दिल दे चुके सनम’ पछि दर्शकले यिनीहरुलाई फिल्ममा सँगै देख्न पाएका थिएनन् । यो फिल्ममा काम गर्दासम्म सलमान र ऐश्वर्या प्रेम सम्बन्धमा बाँधिएका थिए ।
यस फिल्म पश्चात आफूसँग हातपात भएको भन्दै ऐश्वर्याले सलमानसँगको प्रेमसम्बन्ध तोडेकी थिइन् । त्यसपछि लामो समयसम्म यो जोडीको बोलचाल भएन । तर हाल छायांकन भइरहेको फिल्म ‘प्रेम रतन धन पायो’ मा यी जोडीलाई दर्शकले सँगै देख्न पाउने भएका छन् ।
यो चलचित्रमा अभिनेत्री ऐश्वर्या अहिले अभिनेता सलमानसँग काम गरिरहेकी छन् । फिल्ममा यी दुईले सँगै अभिनय गरेका तस्बिर सञ्चारमाध्यममा आएका छन् ।
एक दशक पछि सलमान र ऐश्वर्या एउटै फिल्ममा
