सरकारले विभेद गरेको आरोप, माओवादी नेताका नाममा बैंक खाता खुल्यो
१५ वैशाख,काठमाडौं ।एमाओवादीले सरकारले गरेको उद्दार तथा राहत वितरण विभेदकारी,अपारदर्शी, प्रभावहीन तथा दुरुपयोग भएको आरोप लगाएको छ। पेरिस डाँडमा आज बसेको एमाओवादी स्थायी समितिको बैठकले यस्तो आरोप लगाउँदै सरकारलाई गम्भिर रुपपमा सचेत गराएको छ। यसै गरि बैठकले राहत वितरण प्रभावकारी बनाउन नेताहरुको कार्यविभाजन समेत गरेको छ ।
यसका साथी राहतका लागि रकम संकलन गर्न प्रचण्डको अध्यक्ष रहेको उद्धार तथा राहत सहयोग समितिको नाममा बैङक खाता खोल्ने निर्णय पनि गरेको छ। राहत संकलनका लागि खोल्न लागिएको खाता पार्टी अध्यक्ष प्रचण्ड र पार्टीका कोषाध्यक्ष कमरेड हरिबोल गजुरेल ‘शितलकुमार’का नाममा खोलिने छ।
प्रेस विज्ञप्ती एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को स्थायी समितिको विस्तारित बैठक मिति २०७२ वैशाख १५ गते अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा बसी लिइएका निर्णयहरु सार्वजनिक गरिएको छ । १. सरकारको उद्धार तथा राहत वितरण कार्यमा विभेदकारी एवं अपारदर्शी, प्रभावहीन तथा दुरुपयोग भएको भन्ने व्यापक जनगुनासो आएकोले यस प्रति हाम्रो पार्टी सरकारलाई गम्भीर रुपमा सचेत गराउन चाहन्छ ।
२. यस महाविपत्को घडीमा केन्द्रमा पार्टी अध्यक्ष क. प्रचण्डको नेतृत्मा गठन भएको केन्द्रीय उद्धार तथा राहत सहयोग समितिलाई प्रभावकारी कार्यान्वयन गराउन निम्न लिखित कार्यविभाजन गरियो–
(क) केन्द्रीय अनुगमन, सरकार एवं अन्र्तराष्ट्रिय समन्वयन र पहलको लागि क.प्रचण्ड, क.बावुराम भट्टराई र क.नारायणकाजी श्रेष्ठ ।
(ख) प्रत्येक जिल्लामा उद्धार तथा राहत सहयोग समितिको आवश्यक संयन्त्र बनाई सरकारी संयन्त्रसँग समन्वय गरी सक्रिय रुपमा परिचालन गर्न गराउने । यस काममा राज्य अनुगमन इन्र्चाज र राज्य इन्र्चाजले विशेष ध्यान दिने ।
(ग) अत्यन्त प्रभावित निम्न जिल्लाहरुमा निम्न कमरेडहरुले प्रत्यक्ष अनुगमन र नेतत्व गर्ने सिन्धुपाल्चोक– क. अग्नीप्रसाद सापकोटा गोरखा– क. हितराज पाण्डे काठमाडौं– क. हिसिला यमि भक्तपुर– क. झक्कुप्रसाद सुवेदी ललितपुर– क. वर्षमान पुन नुवाकोट– क. हितबहादुर तामाङ काभ्रे– क. विश्वभक्त दुलाल रामेछाप– क. धावा लामा रसुवा– क. नवराज सुवेदी दोलखा– क. गंगानारायण श्रेष्ठ मकवानपुर– क. नारायण दाहाल सिन्धुली– क. हरिवोल गजुरेल धादिङ– क. देवेन्द्र पौडेल –केन्द्रीय राहत संकलन तथा वितरण डेस्क– क. टोपवहादुर रायमाझी, क.रामचन्द्र झा र क. लिलामणि पोख्रेल –केन्द्रीय स्वास्थ्य डेस्क– गिरीराजमणि पोख्रेल, क.शक्ति बस्नेत, क.शशि श्रेष्ठ –केन्द्रीय सूचना डेस्क– क.कृष्णवहादुर महरा, क. दिनानाथ शर्मा, क.जोख वहादुर महरा, क. गोविन्द आचार्य, क.ओम शर्मा ३.भूकम्प पिडीतहरुको सहयोगार्थ रकम संकलन गर्न अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा गठित उद्धार तथा राहत सहयोग समितिको नाममा बैङक खाता खोल्ने निर्णय गरियो । उक्त खाता पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका कोषाध्यक्ष कमरेड हरिबोल गजुरेल ‘शितलकुमार’ को नाममा एभरेष्ट बैंक लिमिटेड र ग्लोबल आइ एम ई बैंकमा खोल्ने निर्णय गरियो । ४. भूकम्प पिडीतहरुको सहयोगार्थ तराई÷मधेस राहत संकलन तथा रक्तदान अभियान संचालन गर्ने । १५ बैशाख, २०७२ ………. ……… (प्रचण्ड) अध्यक्ष एकीकृत ने.क. पा. (माओवादी