गगन थापालाई मानवअधिकारको कठघरामा उभ्याउने चेतावनी
पोर्चुगल, १७ चैत– जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिवेशन चलिरहेका बेला पहिचान पक्षधर संगठनका प्रतिनिधिहरुमाथि भएको आक्रमणको यूरोपमा क्रियाशील विभिन्नि संगठनहरुले चर्को विरोध गरेका छन् ।
सभासद गगन थापा र धनराज गुरुङको आतिथ्यतामा भैरहेका सो कार्यक्रममा पहिचानको माग राख्दै विरोध जनाइरहेका पहिचान पक्षधरहरुमाथि जनसम्पर्क समिति पोर्चगलका प्रतिनिधिहरुकै संलग्नतामा सो आक्रमण भएको भन्दै उनहिरुले चर्को विरोध गरेका हुन् ।
यूरोपभर छरिएर रहेका पहिचान पक्षधर करिब ३ दर्जन संघ–संगठनहरुले सो आक्रमणलाई लोकतान्त्रिक विधि र मान्यताविपरित रक्तपिपासुहरुले गर्ने आक्रमणको समेत संज्ञा दिएका छन् । सभासदहरु गगन थापा र धनराज गुरुङको निर्देशनमा यो आक्रमण भएको समेत उनीहरुले आरोप लगाएका छन् ।
लोकतन्त्रका हिमायती हौं भन्नेहरुले नै पहिचानहरुको आवाजलाई कुल्चन खोजेको आरोप लगाउँदै विज्ञप्तीमा भनिएको छः ‘नेपाली जनताको पसिनाको पैसाले सभासदको कुर्सीमा बस्ने सभासद गगन थापा र धनराज गुरुङ कुनै राजा–महाराजा होइनन्, तर अहिले सत्ताको मातमा राजा महाराजाको प्रतिनिधिको रुपमा पोर्चुगलमा देखिएका यी दुई पात्रले लोकतन्त्रमा विरोध गर्न पाउने अधिकारलाई कुल्चदै र धज्जी उडाउँदै नेपाली काँग्रेसको तानाशाही अनुहारलाई प्रष्ट पारेका छन् ।’
आक्रमण गर्ने संघ–संस्था र व्यक्तिहरुले सार्वजनिक रुपमै माफी माग्नुपर्ने समेत उनीहरुले माग गरेका छन्, सार्वजननिक रुपमा क्षमयाचना नगरे नेपालबाट आउने नेपाल सरकार र सम्बद्ध प्रतिनिधिहरु सम्बद्ध कार्यक्रमलाई योभन्दा चर्को रुपमा विरोध गर्ने उनीहरुले जनाएका छन् ।
संयुक्त नेपाली मोर्चा यूरोप, संयुक्त संघर्ष समिति बेल्जियम, नेपाली जनएकता समाज बेलायत लगायत करिब ३ दर्जन संघ–संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षर गरी जारी गरिएको सो विज्ञप्तीमा उनीहरुले यस आक्रमणलाई हल्का रुपमा लिएर दोषीहरुलाई कानुनी कार्वाही नगरेमा आफुहरु नेपाल सरकार, पोर्चुगल सरकार, यूरोपियन युनियन र विभिन्न मानवअधिकारवादी संगठनमा भिडियो फुटेज सहित गएर कानुनी उपचार खोज्न वाध्य हुने समेत जनाएका छन् ।
केही दिनअघि भएको सो आक्रमणमा घाईते हुनेहरुमा नेपाली जनप्रगतिशिल मंच, पर्चुगलका केन्द्रिय सल्लाहकार शेर सिं ठकुरी, संयूक्त संघर्ष समितीका प्रवक्ता सोम फुरी शेर्पा, सदस्य रुपक श्रेष्ठ लगायत रहेका छन् ।
विज्ञप्ती जारी संगठनहरुः
सुरेन्द्र भुसाल अध्यक्ष संयूक्त नेपाली मोर्चा, यूरोप
पेम्वा गल्बु शेर्पा संयूक्त संघर्ष समिती,बेल्जियम
पुर्ण लक्जोम नेपाली जनएकता समाज, बेलायत
डा. किष्ण अर्याल अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, वेल्जियम
चित्र सुवेदी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, वेल्जियम
कृष्ण तिवारी अध्यक्ष नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियम
गम बहादुर गुरुङ्ग संयोजक तमु राष्ट्रिय मुतिm मोर्चा , युरोप
विर मान घर्तिमगर अध्यक्ष मगरात राष्ट्रिय मुतिm मोर्चा , युरोप
निर्मला वजगाई अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, वेल्जियम
मनिष गुरुङ्ग संयोजक नेपाली जनजाति सरोकार मंच, वेल्जियम
श्याम घले अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, स्वीजरल्यण्ड
गणेस टकाल अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, डेनमार्क
देबी गौतम अध्यक्ष नेपाली प्रगतिशिल महिला मंच, डेनमार्क
रामशरण टकाल अध्यक्ष नेपाली प्रगतिशील मंच, स्वीडेन
दलराम तामागं संयोजक अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, आईरल्याण्ड
सुरेस गौतम संयोजक नेपाली समाज यूके मान गुरु¨ संयोजक तमु राष्ट्रिय मुतिm मोचा,बेलायत
अरुण मगर संयोजक मगर राष्ट्रिय मुतिm मोर्चा, बेलायत
राम गौचन अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, पोर्चुगल
दिलाराम चापांगाई संयोजक संयूक्त संघर्ष समिती, पोचुर्गल
गोबिन्द प्रसाद भण्डारी अध्यक्ष अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, ईटाली
महेश्वर कडेल अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, स्पेन
धनेश घले अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, फ्रान्स
रामचन्द्र पोख्रेल अध्यक्ष अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, नेदरल्याण्ड
सागर पोख्रेल अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, जर्मनी
मार्के मगर बिश्व मगर संघ, बेल्जियम
धर्म तामागं अध्यक्ष संघिय समाजवादी पार्टी, बेलायत
पि जी शेर्पा अध्यक्ष जनजाती महासघं बेल्जियम
नेत्र मगर अध्यक्ष संघिय समाजबादी पार्टी बेल्जियम
सोनाम शेर्पा अध्यक्ष शेर्पा समाज, बेल्जियर्म
कान्छा शेर्पा अध्यक्ष आदीबासी जनजाती माहासंघ, पोर्चुगल
श्री लिम्बु अध्यक्ष