बेलायत देखी गोर्खाली सैनिकहरू उद्दारको लागी नेपाल प्रस्थान
निरा पि:जी: यु.के.
यति बेला गोर्खाली मनहरू आफ्नै नेपालमा सहयोग गर्न अतुर भएको छन । नेपालको भुकम्पबाट प्रभावित जनताहरुको उद्दारका लागि बेलायतबाट गोरखा सैनिकको पहिलो टोली आज नेपाल प्रस्थान गर्ने भएको छ ।
क्वीन्स गोरखा इन्जिनियर्सबाट ३१ जनाको टोली आज प्रस्थान गर्ने निर्णय भएको त्यहाँ कार्यरत कर्पोरल लाल रानाले जानकारी दिनु भएको छन ।गोरखा फिल्ड स्क्वाडनका कमिसन अफिसर मेजर हेनरीको नेतृत्वमा सो टोली नेपाल जान लागेको हो । सो टोली सम्भवतः आर्मीको सी १३ वा सी १७ जहाजबाट नेपाल उड्ने स्रोतले बतायो । यसअघि आइतबार बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नेपालका लागि थप सहायता सोमबार पठाइने ट्वीट गरेका थिए ।
रानाका अनुसार इन्जिनियर्सको दोस्रो उद्दार टोली मंगलबार नेपाल प्रस्थान गर्नेछ । दोस्रो टोलीमा नेपाल जाने गोरखा सैनिकहरु अहिले फोकल्याण्डबाट बेलायत आउदै छन् ।टोलीमा २५ देखि ३० जना हुने उनले बताएका छन ।
यस्तैगरी, तेस्रो टोली पनि तयार गरिएको छ । त्यसमा पनि करिब २५ देखि ३० जना हुनेछन् । “इन्जिनियर्सबाट ९० देखि १०० जना गोरखा सैनिकहरु उद्दारका लागि नेपाल जाँदैछन्” रानाले भने ।
पहिलो टोली उद्दारका लागि चाहिने सामग्रीहरु बिनै जाने र सम्भवतः दोस्रो टोली औजारहरुसहित जाने बताइएको छ ।यसैगरी,जति सक्दो छिटै गोरखा सैनिकभित्रैको फस्ट बटालियन र सेकेण्ड बटालियनबाट पनि गोरखा सैनिकहरु उद्दारका लागि नेपाल जाने भएको छ । हाम्रो नेपाली दाजु भाईहरू बेलायत सैनिकमा सामेल भै कयौ देशहरूमा गै उद्दार गरिसकेका छन । यस पाली आफ्नै देशमा सहयोग गर्न पाउदा दिलो ज्यान दिएर काम गरि नेपाली रोएको मनहरूमा मलम लगाऊने काम अवश्य गर्नु हनेछ भन्ने हामी विविएन बल्र्ड डट . टि भी को तर्फ देखी सलाम छ ।

.jpg)
