जापान सरकारले करिब रु ८० करोड सहयोग गर्ने
जापान सरकारले नेपालका भूकम्प पीडितका लागि करिब आठ सय मिलियन अमेरिकी डलर (करिब ८० करोड रुपैयाँ ) बराबरको सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
जापान सरकारले आपत्कालीन अनुदान सहयोगअन्तर्गत उक्त रकमका साथै पीडितका लागि मानवीय सहयोग गर्न उद्धार टोली र राहत सामग्री पनि सँगै पठाउँदैछ ।
नेपालस्थित जापानी दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार प्रभावकारी उद्धार र पुनःस्थापनाका लागि निरन्तर सहयोग गरिने जनाइएको छ ।

