यार्सागुम्बा टिप्न गएका तीन सय बेपत्ता
चरिकोट—दोलखाको उत्तरी भेगमा यार्सागुम्बा टिप्न गएका तीन सय मानिस सम्पर्कमा आउन सकेका छैनन ।
उनीहरु शनिबार भुकम्पभन्दा आउनुुअगावै यार्सा टिप्न लेक गएका थिए ।
यार्सा टिप्न गएका तीन सय स्थानीय भुकम्प गएको तीन दिन बितिसक्दा पनि सम्पर्कमा आउन नसकेको जानकारी प्राप्त भएको प्रमुुख जिल्ला अधिकारी पे्रमलाल चौलागाईले बताएका छन । बेपत्ता परेका नागरिकको खोजीको लागि केही कार्य हुन सकेको छैन ।
अहिलेसम्म दोलखामा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ । दोलखाका गामीण भेगका अधिकांश घरहरु भत्किएका छन । जिल्लाको लामाबगर खापाचागु क्षेत्रमा पहिरो गएकोले त्यहाँ व्यापक क्षतिको अनुमान गरिएको छ ।
लामाबगरभन्दा माथि तामाकोशी नदी किनारमा शव फेला भेटिएको स्थानीयले जानकारी दिएका छन ।
साेर्स-नागरीक

