भूकम्पः नेपालीलाई भाइबरले दियो इन्टरनेट नहुँदा समेत निशुल्क कलको सुविधा
१३ बैशाख, काठमाडौं ।
चर्चित कलिङ र शेयरिङ साइट भाइबरले नेपालको भूकम्प प्रभावमा केही राहत भन्दै नेपालीहरुले भाइवरआउटमा समेत निःशुल्क कलको सुविधा दिएको छ ।
नेपालका भूकम्प प्रभावितहरु वा विदेशमा बसेका नेपालीहरुले भाइबर इन्टरनेट सुविधा नहुँदा समेत भाइबर आउटबाट निशुल्क कल गर्न सक्ने भाइवरले जनाएको छ ।

