ईमाडोलमा जमिनमुनिबाट बालुवा निस्कियो, ज्वालामुखी हुनसक्ने भन्दै स्थानीय त्रसित


ईमाडोलमा जमिनमुनिबाट बालुवा निस्कियो, ज्वालामुखी हुनसक्ने भन्दै स्थानीय त्रसित >>

बैशाख १३ गते- काठमाडौंको ईमाडोलमा जमिन मुनिबाट बालुवासहितको पानी निस्किएको छ । लगातारको भूकम्पपछि, त्यस क्षेत्रमा ज्वालामुखी निस्किन सक्ने हल्लाले स्थानीय बासिन्दा थप त्रसित बनेका छन् ।
स्थानीय बासिन्दाको बारीको जमिन चिरिएर भित्रबाट बालुवा र पानी बाहिर निस्किएको छ ।
१० रेक्टर स्केलको भूकम्प गएमा ज्वालामुखी जानसक्ने भन्दै स्थानीय बासिन्दाले यथार्थ पत्ता लगाउनका लागि आग्रह गरिरहेका छन् । यसबारेमा थप पुष्टि हुन बाँकी छ ।






प्रतिक्रिया दिनुहोस्...