भूकम्प पिडितहरुको यस्तो बिजोग (फोटो फिचर)
१३ वैशाख, काठमाडौं । मंगलबार मध्याहृन गएको विनाशकारी भूकम्पले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा धनजनको ठूलो क्षति गरेको छ ।
विहान ११ बजेर ५६ मिनेटमा गोरखाको बार्पाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । त्यसपछि राति सवा १० बजेसम्ममा २५ भन्दा बढी पटक भूकम्पको धक्का महसुस भएको छ ।राति अबेरसम्म पनि भूकम्पको धक्का महसुस गरेपछि धेरै मानिस घरमा बस्न सकेका छैनन् । उपत्यकामा संविधानसभा भवन, टुँडेलेखसहितका अधिकांश खुला स्थानमा मानिसहरु जम्मा भएर बसेका छन् ।


