पाँच बजे ४.९ रेक्टरको भूकम्प


आज बिहान ५ बजेर ५ मिनेट जाँदा रसुवा आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको छ।
काठमाडौँ, १५ वैशाख - आज बिहान ५ बजेर ५ मिनेट जाँदा रसुवा आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

त्यसअघि गोरखा केन्द्रबिन्दु बनाएर ४ः११ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको ९८ वटा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान मात्र पाँच वटा भूकम्प गएका छन् । हिजो २४ घण्टाभित्र १३ वटा भूकम्प गएका थिए । रासस





प्रतिक्रिया दिनुहोस्...