नेताले साथीकी छोरी बलात्कार गरी गर्भवती बनाए !
२१०४ पटएजेन्सी । एक भारतीय नेताले साथीकी छोरीलाई बरगर खुवाउने बहानामा आफूसँग लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
भारतको पञ्जापका कृष्ण लाल नामका ती स्थानीय नेताले एक महिलाको सहयोगमा साथीकी छोरीमाथि बलात्कार गरेका हुन् ।
उनीविरुद्ध बालिकाले प्रहरीमा उजुरी गरेकी छन् । आरोपीको कार प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार फरवरीमा उनका बाबु गाउँ गएको सयममा एक्लै भएको मौका छोपेर एक महिलासहित घर आएर बरगर खुवाउने बहानामा उनलाई बाहिर लिएर गएका थिए ।
सोही समयमा उनले बालिकामाथि बलात्कार गरेको भन्दै उजुरी परेको जमालपुर प्रहरीका प्रमुख हरदीप सिंहलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
