ओभरटेक’ गर्न खोज्दा यस्तो दुर्गति, बस दुर्घटनामा १७ तीर्थयात्रीको मृत्यु(भिडियोसहित)


धादिङ, बैशाख ९ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाउँ विकास समिति वडा नम्बर ५ झ्याप्ले खोलामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । जी जे १४ एक्स ९९०० नम्बरको बस दुर्घटना हुँदा अरु २८ जना घाइते भएका छन् । १४ जनाको घट्नास्थलमै र तीन जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो । style="text-align: justify;">ढुंगेअड्डास्थित ओम समाज, कलंकीको मनमोहन र शिवज्योती अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बल निलवाराही गणका एसपी काजीदास धौबजी श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा देवकी भाई सत्यारा, गणेश भाई सत्यारा, देगाराम भाई सत्यारा, नरसी भाई सत्यारा, गंगाराम भाई सत्यारा र गनपथ भाई सत्यारा रहेका छन् । यस्तै, जसविन सत्यारा, लिलाविन सत्यारा, गौरीदेव जीवन, गौरी विन, कञ्चन विन रहेका छन् । हनुमानढोका काठमाडौंबाट समेत प्रहरी टोली घटनास्थलमा खटिएको छ । घाइतेको काठमाडौंका बिभिन्न ८ वटा अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट गोरखपुर जाँदै गरेको बस ओरालो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । पशुपतिनाथ दर्शन गरी फर्केका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो । विहानै काठमाडौंको तिलगंगास्थित सत्यसाई धर्मशालाबाट छुटेको बसमा चालक दलसहित ४५ जना थिए । बस चालक पनि घाइते भएका छन् । बस रुखमा झुण्डिएको छ । उद्धार जारी छ । मृतकका सनाखत गरेर शव भारतीय दूतावासलाई जिम्मा लगाइएका प्रहरीले जनाएको छ । घटनाको वस्तुस्थिति बुझ्न नेपालस्थित भारतीय दूतावासका अधिकारीहरु पनि पुगेका थिए । सुनौलीबाट काठमाडौं आएका ८० जना तीर्थयात्री हिजो सो धर्मशालामा बसेका थिए । उनीहरु अलग–अलग दुई वटा बसमा छुटेका थिए, त्यसमध्येकै एक बस दुर्घटनामा परेको हो । यसबीच दुर्घटनामा परेको बसका यात्रुको सरसामान चोर्न जाने तीन स्थानीयलाई प्रहरीले पक्रेको छ ।





प्रतिक्रिया दिनुहोस्...