भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५ हजार नजिक
काठमाडौं : विनासकारी भूकम्पमा परी हालसम्म चार हजार ७३१ जनाको मृत्यु भएको छ । भूकम्पबाट नौ हजार २३९ जना घाइते भएका छन् ।
नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार उपत्यकाको काठमाडौँमा एक हजार ३९, भक्तपुरमा २५० र ललितपुरमा १५९ जनाको मृत्यु भएको छ ।
काठमाडौँमा दुई हजार १४२, भक्तपुरमा एक हजार ८८९ र ललितपुरमा एक हजार ६० जना घाइते भएका छन ।
पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा दुई हजार ४८, पश्चिम क्षेत्रमा ३८२ र मध्यपश्चिम क्षेत्रमा दुई जनाको मृत्यु भएको छ ।
त्यसैगरी काठमाडौंमा नौ, सोलुखुम्बुमा सात, मकवानपुरमा एक जना गरी १७ जना पर्यटकको मृत्यु भएको तथा पाँच जना घाइते भएका छन् ।
हालसम्म काठमाडौंमा ९०७, भक्तपुरमा २४३, ललितपुरमा १५९, पूर्व क्षेत्रमा २९, मध्यक्षेत्रमा दुई हजार ४१६, पश्चिम क्षेत्रमा २२९ र मध्यपश्चिम क्षेत्रमा दुई जना गरी जम्मा तीन हजार ९८५ को शव निजहरुका आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको विपद् व्यवस्थापनसमेतको संयुक्त टोलीबाट काठमाडौं उपत्यकालगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानी वितरण कार्य भइरहेको छ । रासस