बालकको शवसहित बारामा प्रदर्शन
कलैया: हत्या गरिएका बालकको शवसहित उनलका आफन्तले बारा सदरमुकाम कलैयामा शनिबार दिउँसो प्रदर्शन गरेका छन्।
कलैयास्थित जिल्ला जनस्वास्थ्य कार्यालय चोकबाट निस्किएको जुलुश नगरका विभिन्न भागको परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा पुगेर धर्नामा परिणत भएको थियो।
प्रदर्शन र धर्नामा सहभागीहरुले वीरगन्ज-कलैया सडक खण्ड एक घण्टा अवरुद्ध पारेका छन्। स्थानीयले प्रहरीद्वारा पक्राउ भारत विहारको पश्चिम चम्पारण इनरवा गाँउ घर भइ करैयामा रहेको ममता चिम्नी(इट्टा भट्टामा)मा कार्यरत टुन्टुन् महतोलाई कारबाहीको माग गरेका हुन् ।
पक्राउ परेका महतोलाई जनताको जिम्मा लगाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेको प्रहरी उपरिक्षक मल्लले बताए।
प्रहरी उपरिक्षक मल्लले दोषीलाई हदैसम्मको कार्वाही गर्ने प्रतिबद्धता जनाएपछि प्रदर्शन स्थगित गरिएको मृतक बालकका आफन्त शिवशंकर यादवले बताए
शुक्रबार राति बालक मृत अवस्थामा भेटिए लगत्तै उनका आफन्त र स्थानीयले इट्टा भट्टाबाट महतोलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।महतोको छातीमा नङले चिथोरेको घाउ र कपडामा मकैको सुत्ला भेटिएकाले उनैले बालकको हत्या गरेको स्थानीयको भनाइ छ।
इट्टा भट्टामा काम गर्नका लागि चार दिन पहिले गाँउमा आएका महत्तो दुइ तीन दिनदेखि दिनभर शंकास्पद अवस्थामा हिडेकाले हत्या उनैले गरेको बालकका आफन्त शिवशंकर यादवले बताए ।
साेर्स-अन्नपूर्ण पोस्ट्

