राशिफल: वैशाख ६—१२, २०७२


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

Aries
विभिन्न अवसरले पछ्याउनेछन्। विशेष जमघटबीच खानपानको आनन्द पाइनेछ। मन पर्ने वस्तुहरू उपहार पाइएला। मंगलबार, बुधबार र शनिबार भने विवादमा परिने, पारिवारिक असमझदारी र आर्थिक अभाव जस्ता समस्या देखिएलान्। तापनि, साताभरमा धेरै काम बन्नेछन्। विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। सहयोगीहरूबाट साथ पाइनेछ। लामो समयदेखि अड्किएका काम समेत सम्पादन हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। नयाँ काम सुरु हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

Taurus
सुरुमा अस्वस्थता र खर्चको योग छ। काममा बाधा र यात्रामा पनि अलि कष्ट होला। छरछिमेकमा असमझदारी बढ्ने र अरूको भरणपोषणमा खर्च गर्नुपर्ने देखिन्छ। मंगलबारदेखि काममा सक्रियता बढ्नेछ। रोकिएका काम पनि बन्न थाल्नेछन्। तर, खानपानको असावधानीले स्वास्थ्य बिग्रन सक्छ, सचेत रहनुहोला। साताको उत्तर्द्धतिर आर्थिक पक्ष समुन्नत बन्नेछ। बोलीको भरमा काम बन्न सक्छन्। मनपर्ने वस्त्र, अलंकार आदिेको उपभोगले आनन्द मिल्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

Gemini
गरेका कामको राम्रो मूल्यांकन हुनेछ। श्रमलाई रकममा रुपान्तरण गर्ने समय आएको छ। पढाइलेखाइमा पनि प्रगति हुनेछ। नयाँ काम सुरु हुन सक्छन्। मंगलबार र बुधबार केही खर्च बढे पनि सोख पूरा गर्ने समय छ। टाढाको यात्रा गर्ने अवसर आउला। व्यावसायिक काममा लाभ होला। बुधबारपछि दीर्घकालीन योजना बन्नेछन्। रोजगारीका लागि समय अनुकूल रहला। आरोग्य एवं स्फूर्ति बढ्नेछ। भेटघाटले प्रसन्नता मिल्नेछ। मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

Cancer
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आत्मविश्वास पनि बढ्नेछ। विशेष जिम्मेवारी वहन गर्ने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। दीर्घकालीन योजना बन्नेछन्। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। आम्दानी बढ्नेछ। बिहीबार र शुक्रबार भने खर्च बढ्ने र काम रोकिने सम्भावना छ। तापनि वैदेशिक क्षेत्र लाभदायक नै रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

Leo
सुरुमा केही अवसर पाइनेछ। तापनि, बाध्यतापूर्ण काममा अलमलिनुपर्ला। स्वास्थ्य कमजोर रहनाले विशेष काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा लगानी बढ्नेछ। मंगलबारदेखि स्थितिमा सुधार आए पनि बिहीबारदेखि मात्र समय अनुकूल बन्नेछ। आयआर्जनका विशेष स्रोत फेला पर्नेछन्। नयाँ काम सुरु गर्न सकिनेछ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जित्न सकिनेछ। परोपकारमा खर्च गरिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

Virgo
साताको सुरुवात कमजोर देखिन्छ। काममा जिम्मेवारी थपिनाले बोझ बढ्नेछ। चोटपटक लाग्ने वा अस्वस्थताको समेत योग छ। केही समस्या आइरहलान्। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। परिस्थितिवश बाध्यतामा परिने र असहज वातावरणमा समायोजित बन्नुपर्ने देखिन्छ। धार्मिक आस्था बढ्नेछ। सप्ताहान्तमा भने परिस्थिति अनुकूल बन्नेछ। गरेका कामको प्रशंसा हुनेछ। सामाजिक प्रतिष्ठा मिल्नेछ। कीर्ति राख्ने समय छ। रमाइलो भ्रमण सम्भावना छ। आयमूलक काम गर्ने मौका आउला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

Libra
सुरुमा मनोरञ्जनपूर्ण जमघट, क्रियाकलाप आदिमा सहभागी भइएला। समय रमाइलो रहला। मित्रता र प्रेमको बन्धन कसिने बेला छ। आतिथ्यपूर्ण सम्मान समेत पाइनेछ। व्यावसायिक कामका लागि टाढाको यात्रा होला। मंगलबारदेखि समय अलि प्रतिकूल रहला। अन्याय वा अरूको दाउपेचमा परिएला। प्रतिफल हातबाट फुत्कन सक्छ, सचेत रहनुहोला। बिहीबारदेखि स्थितिमा सुधार आउनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

Scorpion
अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। तापनि, मौकाको फाइदा लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा विजयी भइएला। कोसिस गर्दा नयाँ अवसर मिल्नेछ। व्यापारमा राम्रै फाइदा हुनेछ । दाम्पत्य वा प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ। व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। बिहीबार र शुक्रबार भने झमेला, विवाद र चोटपटकको योग छ। आर्थिक अभावले पनि सताउला। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

Sagittarius
सुरुमा स्वास्थ्य कमजोर बन्नेछ। पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला। काममा केही चुनौती देखा पर्नेछन्। शत्रुहरूको चलखेल बढ्नाले अलि अप्ठ्यारोमा परिएला, सचेत रहनुहोला। मंगलबारपछि स्थितिमा सुधार आई समय अनुकूल बन्नेछ। व्यापार–व्यवसायमा फाइदा होला। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ। आर्थिक पक्ष सबल बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सप्ताहान्तमा अस्वस्थता, चोटपटक र नोक्सानीको योग छ, सचेत रहनुहोला।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

Capricorn
सुरुमा आफन्तसँग असमझदारी बढ्नेछ। नजिकका व्यक्तिबाटै काममा धोका हुन सक्छ। निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ। पेटको खराबीले अलि सताउला। महत्वाकांक्षी योजना सार्वजनिक गर्दा हानि हुने सम्भावना छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। साताको उत्तरार्धमा स्थिति अनुकूल बन्नेछ। रोकिएका काम पुनः बन्नेछन्। व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पराजित होलान्। आर्थिक पक्ष पनि सबल बन्नेछ। चुनौतीहरू सजिलै पार लाग्नेछन्। नयाँ काम सुरु गर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

Aquarius
साताको सुरुमा सोचेजस्तै सफलता मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। कर्मप्राप्तिको योग छ। मंगलबारदेखि भने स्थिति अलि प्रतिकूल बन्न सक्छ। निर्णय गलत ठाउ“मा पर्नाले पछुतो लाग्न सक्छ। तापनि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। रोकिएका काम बन्नेछन्। पढाइलेखाइमा राम्रै उन्नति हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। व्यवसायमा लाभ होला। अरूको मन जित्न सकिनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

Pisces
सुरुमा बोलीको गलत अर्थ लाग्ने र विवादमा परिने योग छ। मानसम्मानमा आघात पर्न सक्छ। मंगलबारदेखि स्थितिमा सुधार आउला। रोकिएका काम बन्नेछन्। व्यवसायबाट राम्रै फाइदा उठाउन सकिनेछ। आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ। प्रतिस्पर्धीहरूले हार खालान्। बिहीबार र शुक्रबार अरूको भरपर्दा हानि हुने र विश्वास गुम्ने सम्भावना छ, सचेत रहनुहोला। सप्ताहान्तमा गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै भए पनि अवश्यै सम्पादन हुनेछन्।






प्रतिक्रिया दिनुहोस्...