छोराको मृत्यु कुर्न विवश बाबुआमा


फोटो :एजेन्सी
गर्दन झुण्डिँदा १२ वर्षीय बालकको बिजोग
एजेन्सी : उमेरले १२ वर्ष लागेका यी बालक अन्य सबै कुरामा तन्दुरुस्त छन् । तर, यी अभागीको मुन्टो अन्य मानिसको भन्दा फरक छ । हड्डीबिनाको आफ्नो घुम्ने मुन्टोका कारण यी बालकको जीवन नर्कसमान भएको छ ।

उनको यो कष्टपूर्ण अवस्था देखेर उनका बाबुआमा छोराको चाँडो भन्दा चाँडो मृत्यु भएको हेर्न चहान्छन् । यो अनौठो मामिला भारतको मध्यप्रदेशको एक गाउँको हो । १२ वर्षीय महेन्द्र अहिरवार एक दुर्लभ विमारीबाट पीडित छन् । उनको गर्दन १८० डिग्रीमा गएर झुण्डिन्छ ।
मिररका अनुसार गर्दन यस्तो हुँदा उनको उसकी मेरुदण्डको हड्डीमा धेरै बल पर्दछ । यही कारण यी बालक हिँड्न र उभिन सक्दैनन् ।  उनी केबल बस्नमात्र सक्छन् । गर्दन सिधा नहुने भएकाले उनी त्यसको पींडाले पटक पटक समस्यामा पर्छन् । शौचालय जाँदा पनि भुइँमा घस्रिँदै जानुपर्ने बाध्या छ ।

खानका लागि उनले आफ्नी आमासँग निर्भर हुनुपर्छ । मजदुर रहेका उनका पिता छोराको यो हालत देखेर साह्रै दुखी भएको बताउँछन् । उनले छोराको उपचारका लागि हालसम्म भारतभरका ५० जना बढी डाक्टरलार्इ देखाउँदा पनि उपचार हुन नसकेको बताए ।
महेन्द्रकी आमा सुमित्राका अनुसार छोरो दिनभर एउटा कुनामा बसिरहन बाध्य छ । 'उसको कुनै जिन्दगी नै छैन', सुमित्राले भनिन्, 'छोरालार्इ एक्लै छाडेर म बाहिर कहीँ जान पाउँदिन ।छोराको भविष्य सम्झेर रुन मन लाग्छ।'

महेन्द्रका तीन भाइ बहिनी सबै स्वस्थ रहेका छन् । सुमित्राका अनुसार महेन्द्र पहिले यस्ता थिएनन् । जन्मेको छ महिनादेखि उनको गर्दन एकाएक झुण्डिन थाल्यो ।

छोराको अवस्थालार्इ लिएर यो परिवार चिन्तित छ ।अखिल भारतीय आयुर्विज्ञान संस्थानमा दुर्इ हप्ता राख्दा समेत महेन्द्रको समस्यामा केही सुधार आएन ।
यो परिवार कुनै पनि उपायबाट छोरो निको भएको हेर्न चहान्छ । छोरोलार्इ कसैले निको पार्न नसके चाँडो भन्दा चाँडो उसको मृत्युको कामना गर्दै यो परिवार बस्न बाध्य छ ।






प्रतिक्रिया दिनुहोस्...