एक महिलाले एकसाथ पाँच छोरीलार्इ जन्म दिएकी छन् । जन्मिएका पाँचैजना छोरी स्वस्थ र सकुशल रहेका छन्।


एक महिलाले एकसाथ पाँच छोरीलार्इ जन्म दिएकी छन् । जन्मिएका पाँचैजना छोरी स्वस्थ र सकुशल रहेका छन्। भिडियो सहित हेर्नु होला

अमेरिकाको टेक्सासमा एक महिलाले एकसाथ पाँच छोरीलार्इ जन्म दिएकी छन् । जन्मिएका पाँचैजना छोरी स्वस्थ र सकुशल रहेका छन्। एजेन्सी, बैशाख ४- अमेरिकाको टेक्सासमा एक महिलाले एकसाथ पाँच छोरीलार्इ जन्म दिएकी छन् । जन्मिएका पाँचैजना छोरी स्वस्थ र सकुशल रहेका छन् । जुम्ल्याहा, तिम्ल्याहा या चम्ल्याहाको जन्म त सजिलै भएका थिए तर पाँचजना एकै पटक जन्मेको यो नौलो रेकर्ड हो । बच्चा जन्मिएका टेक्सासको अस्पतालले सन् १९६९ पछि यो दुनियाँको पहिलो घटना भएको दाबी गरेको छ । ह्युस्टन निवासी ड्यानियल बेस्बीले टेक्सासको महिला अस्पतालमा चार मिनेटभित्र यी पाँच छोरी जन्माएकी हुन् । यिनीहरुको जन्म २८ साता दुर्इ दिन लामो गर्भपछि भएको हो । पति एडम छोरीहरु जन्मेपछि धेरै खुसी भएका छन् । उनीहरुलार्इ पिताले खुसीसाथ स्वागत गरेका छन् । बेस्बी पनि धेरै खुसी रहेकी छन्, उनले पाँच छोरी दिएको भन्दै भगवानलार्इ समेत धन्यवाद दिएकी छन् । आफ्ना सबै शिशु बचाइदिएकोमा उनले अस्पताल परिवारप्रति आभार व्यक्त गरेकी छन् । छोरीहरुको जन्मको श्रेयसमेत उनले अस्पताललार्इ दिएकी छन् । बेस्बी र एडमको यसअघि तीन वर्षकी ब्ल्येक नामकी छोरी नै छिन् । एडमले युट्युबमा हालेको छोरीहरुको भिडियोमा उनीहरु सबै आफ्नो आफ्नो विशेषता रहेको बताएका छन् । उनीहरुको व्यक्तित्वले यो झलक दिइरहेको उनको भनाइ छ । ड्यानियल पेशाले ट्रुपर ९सैनिक० हुन् । अस्पतालकी डाक्टर अलेलेक्जेन्डर रेइटरले गर्भावस्था र प्रसुतीका क्रममा ड्यानियललले प्रयाप्त शारीरिक अभ्यास गरेकाले पाँच सन्तान एकै पटक जन्माउन सकेकी हुन् । डाक्टर रेइटरले यो प्रसुती सफल बनाउन लगभग १२ जना स्वास्थ्यकर्मीको सहयोग लिएकी थिइन् । त्यही कारण यी पाँचै शिशुको जन्म सहज भएको हो ।




प्रतिक्रिया दिनुहोस्...