जसले ओबामा र मोदीलाई चम्काइन


मुम्बई–'मैले कसैलाई सुन्दर बनाएर केही अपराध गरेकी छैन, मेकअप कसैको पनि गरौं यसबाट के फरक पर्छ?'यो भनाइ दिल्लीकी मेकअप आर्टिस्ट चारु खुरानाको हो। जो यो हप्ता भारतको पहिलो रजिस्टर्ड महिला मेकअप आर्टिस्ट बन्न सफल भइन्।

उनले आफूँमा सानै देखि अरुलाई सुन्दर बनाउने रहर भएको बताइन। बीबीसीका अनुसार चारुले अमेरिकी राष्ट्रपति बराम ओबामादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत काम गरेकी छिन्। तर, यहाँसम्म पुग्न त्यति सजिलो भने थिएन्।'म सुरुवाती दिनमा दिल्लीमा विज्ञापनका लागि मानिसहरुको मेकअप गर्थेँ,' उनले भनिन,'त्यसपछि मुम्बई आएर मैले सिने कस्ट्यूम, मेकअप आर्टिस्ट र हेयर ड्रेसर एशोसिएसनको सदस्य बन्ने कोशिस गरें।' तर आफूलाई महाराष्ट्रमा १५ वर्षसम्म नबसेको भन्दै सदस्यता नदिएको बताइन्। 'बिना सदस्यता काम गर्न आफूले १५ सय रुपैंया दिनुपर्थ्यो,' उनले भनिन,' एक दिन एउटा फिल्मको शुटिङमा थिए। त्यँहा करिव ३ सय मानिस आए। शुटिङक रोकेर मेरो बेइजत गरे। त्यसको एउटै कारण थियो, म महिला भएर मेकअप गरिरहेकी थिए।'आफूले कसैलाई सुन्दर बनाएर कुनै अपराध नगरेको निष्कर्षमा पुगेकी चारुले आफूमाथि भएको अपमानको बदला दिन अदालतको ढोका ढकढक्याउन पुगिन। उनको मुद्दामाथि फैसला गर्दै सर्वोच्च अदालतले ५९ वर्ष पुरानो कानुनको संवैधानिक रुपमा 'गैरकानुनी र विभेदपूर्ण' रहेको फैसला गर्यो। अदालतले यदि सिने कस्ट्यूम, मेकअप आर्टिस्ट र हेयर डे्रसर एशोसिएसन अर्को सुनुवाई (१० नोभेम्बर) सम्म सकारात्मक प्रतिक्रिया लिएर नआए यो कानुन मान्य नहुनेसमेत फैसला गरेको छ। कुनै पनि मेकअप आर्टिस्टको लागि बलिउड अभिनेत्री तथा अभिनेताको मेकअप गर्नु उनीहरुको मेकअप आर्टिस्टको चर्चाको एक कारण हो। तर चारुले बलिउडको साथ साथै अमेरिकी राष्ट्रपति बराक ओबामाको पनि मेकअप गरेकी छिन्। 'मैले अमेरिकी राष्ट्रपति बराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विराट कोहोली, अभिषेक बच्चन र कमल हसनसँग काम गरेकी छु,' उनले भनिन।




प्रतिक्रिया दिनुहोस्...