बिहीबार राति काठमाडौं र दोलखामा भूकम्पको धक्‍का महसुस


काठकमाडौं: बिहीबार राति २ बजेर ५६ मिनेटमा काठमाडौं र दोलखालाई आसपास केन्द्रविन्दु बनाएर फेरि भूकम्पको धक्‍का महसुस गरिएको छ। काठमाडौंमा ४ रेक्टर स्केल र दोलखामा ४.१ रेक्टर स्केलको केन्द्रविन्दु बनाएर भूकम्‍पको धक्का महसुस भएको राष्ट्रिय भूकम्‍प मापन केद्रले जनाएको छ। 
भूकम्पको धक्‍का कम शक्तिशाली भएकाले मानवीय तथा भौतिक क्षति भएको छैन। रातिको समयमा भूकम्प गएकोले भूकम्प पीडितहरुलाई धक्का महसुस भएको थाहा पाएनन्। 
महाभूकम्‍पमा परी घर, परिवार गुमाएर त्रिपाल र खुला आकाशमुनि बसेका भूकम्प पीडितको झनै बिजोग भएको छ। 






प्रतिक्रिया दिनुहोस्...