महाभूकम्प गएको १२८ घन्टापछि महिलाको जीवितै उद्दार (भिडियोसहित)
काठमाडौं, वैशाख १८ । इजरेली, नर्वेली, फ्रान्सेली, र नेपाल प्रहरीको संयुक्त टोलीले महाभूकम्प गएको १ सय २८ घन्टापछि एक महिलालाई जिउँदै उद्दार गरेको छ ।
जयनगर–६ बर्दिया निवासी कृष्णकुमारी खड्कालाई जिउँदै उद्दार गरिएको हो । महाभूकम्पबाट नयाँ बसपार्कस्थित जनसेवा लजको ७ तलामा रहेको कृष्णकुमारी गेस्ट हाउस भासिएपछि उनी भूइँतल्लामा पुगेकीथिइन् ।
उद्दार टोली आएको चाल भएपछि आवाज निकालेकी उनलाई नेपाल प्रहरीलगायत विदेशी टोलीले उद्दार गरेको हो ।
