भुटानका प्रधानमन्त्रीले कोइरालालाई भेटेर भने, ‘हामी सहयोग गर्न तयार छौं’


काठमाडौं, वैशाख १४ – भुटानका प्रधानमन्त्री छिरिंग तोब्गे र प्रधानमन्त्री सुशील कोइरालाबीच आज भेटवार्ता भएको छ । tobge pm koirala

photo: @tsheringtobgay राहत सामग्रीसहित आफ्ना देशका नागरिकहरुको उद्धार गर्नका लागि नेपाल आएका भुटानी प्रधानमन्त्रीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री कोइरालासँग भेट गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटबारे आफ्नो आधिकारिक ट्वीटरमा उनले जानकारी दिएका छन् । प्रधानमन्त्रीसँगको भेटमा उनले समवेदना प्रकट गरेका थिए भने भुटानले सक्ने सहयोग गर्ने आश्वासन दिएको जानकारी दिएका छन् । सो अवसरमा उनले दश हजार अमेरिकी डलर सहयोग उपलब्ध गराए । प्रधानमन्त्री तोब्गेसँगै नेपाल आएका ६३ जना स्वयम्सेवकले उद्धार कार्यमा सघाउनेछन् ।




प्रतिक्रिया दिनुहोस्...