धादिङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु (घटनास्थलका तस्विरसहित)
धादिङ, वैशाख ९ - धादिङको नौबिसेमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
खत्रीका अनुसार उद्दार नसकिएकाले मृतक र घाइतेको संख्या अझै टुंगो लागेको छैन । बस दुर्ई टुक्रा भएको छ ।
प्रहरीका अनुसार बस बुधबार बिहान ६:४० मा सडकबाट २ सय मिटर तल खसेको हो । घाइतेमध्ये २६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको खत्रीले जानकारी दिए ।
बस नौबिसेको एउटा ठूलो घुम्तीबाट तल खसेको हो । बसमा पशुपति दर्शन गरेर फर्किएका भारतीय रहेको बताइएको छ ।
दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्दार सुरु गरेका थिए ।



