जावलाखेलमा बस दुर्घटना : १८ घाइते, तीनको अवस्था गम्भीर


ललितपुर,वैशाख ९ – जावलाखेलमा बस दुर्घटना हुँदा १६ बसका यात्रु र दुई मोटरसाइकलमा सवार घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अल्का हस्पिटल र केहीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।   ललितपुरको बुङमतीबाट रत्नपार्क जाँदै गरेको बा२ख ३५० नम्बरको बस जावलाखेलमा साइकललाई बचाउन खोज्दा अनियन्त्रित भएर पल्टन पुगेको जावलाखेल प्रहरीले जनाएको छ । बसले बा.४२प ७१८३ को मोटरसाइकल समेत ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुईजना घाइेत छन् । घाइतेमध्ये तीन गम्भीर  भएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्...