प्रधानमन्त्री राहतकोषमा एमाओवादीले ३० लाख उपलब्ध गराउने


काठमाडौं, वैशाख १७ – एकीकृत नेकपा माओवादीको संसदीय दलको बैठकले प्रधानमन्त्री राहतकोषमा सहयोग स्वरुप ३० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । पार्टीको बिहिबार सिंहदरवारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
Dahal Answers to Journalists
बैठक बारे जानकारी दिँदै एमाओवादी अध्यक्ष प्रचण्डले भने, ‘विनाकाशकारी भूकम्पपछि सरकारले राहत र उद्धारको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन सकेन ।’
उनका अनुसार उद्धार र राहतका लागि सबै दल मिलेर अघि बढ्नका लागि प्रमुख प्रतिपक्षी दलसहित सर्वदलीय संरचना निर्माण गर्न सरकारलाई गरेको आग्रह अस्वीकार गरेको छ । ‘यति बेला सबै एक जुट भएर उद्धार र राहतमा लाग्नु पर्नेमा सरकारले निरंकुश कार्यशैली प्रस्तुत गरेको छ,’ प्रचण्डले भने ।
त्यस्तै बैठकले तत्काल व्यवस्थापिका संसदको बैठक बोलाउन पनि माग गरेको छ । भारतमा प्रधानमन्त्रीले संसदमा भूकम्पपछि राहत र उद्धारबारे जवाफ दिनुपरेको उल्लेख गर्दै नेपालमा संसदहरुले आफ्नो धारणा राख्नुपर्ने भए पनि त्यो हुन नसकेको एमाओवादीको जिकिर छ ।
पार्टीले प्रति मृतकलाई ३ लाख राहत र क्षतिको प्रकृति हेरेक परिवारलाई ५ देखि १० लाख उपलब्ध गर्न माग गरेको छ । त्यस्तै घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्ने र गम्भिर घाइतेहरुका लागि १ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।
त्यस्तै देशको पुर्न निर्माणका लागि केन्द्रिय पुनः निर्माण आयोग गठन गर्नु पर्ने माग एमाओवादीले राखेको छ ।






प्रतिक्रिया दिनुहोस्...