बेपत्ता मलेसियन नागरिकको खोजी तीव्र, नेपाली सेना पनि खोजीमा
पोखरा, वैशाख ११ । नेपाल घुम्नेक्रममा बेपत्ता भएका मलेसियन नागरिक ‘डेनिस लि थियन पो’को खोजीका लागि नेपाली सेनाले सहयोग गर्ने भएको छ ।
डेनिसको परिवारको आग्रहपछि नेपाली सेनाले उनको खोजीकार्य थालेको हो । माउन्टेन एअरको हेलिकप्टरबाट ३३ जनाको सैनिक टोलीले तालिम प्राप्त कुकुरसहित खोप्रा क्षेत्रका भीर, पहरा, खोंच, जंगललगायतका स्थानमाखोजी गरिरहेको छ ।
अन्नपूर्ण पदयात्राका लागि निस्किएका ४७ वर्षीय डेनिस म्याग्दीको खोप्रा बयली ट्रायलमा पुग्दा आफ्नो टोलीबाट गत चैत्र २२ मा बेपत्ता भएका थिए ।
