भुकम्प सम्बन्धी आतंक फैलाउने समाचार सम्प्रेषण गर्ने तीनजनालाई प्रहरीले पक्रा गरेको छ


बैशाख १२ गते मध्यान्ह ११:५५ बजे देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पका सम्बन्धमा १३ बैशाखमा बैज्ञानिक समेतको हवला दिँदै ‘बैज्ञानिक भन्छन् : अझै ठूलो भुकम्प आउन बाँकी नै छ’ भन्ने शीर्षकमा जनमानसमा डरत्रास, आतंक फैलाउने खालका समाचार सम्प्रेषण गर्ने ३ जनालाई बैशाख १५ गते मंगलबार काठमाडौं बुद्धनगरबाट केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा नेपाली हेडलाइन्स डटकमका कार्यकारी सम्पादक सरोज गौतम, डेक्स सम्पादक सचित देबकोटा र कार्यकारी निर्देशक गीता भट्टराई छन्। उनीहरुउपर प्रहरीबाट थप आवश्यक अनुसन्धान कारबाही भइरहेको छ।








प्रतिक्रिया दिनुहोस्...