मेरो मन नेपाली दाजुभाई तथा दिदीबहिनीसँगै



काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कमल शाहको स्वास्थ्य उपचारको क्रममा बुधबार दिल्ली प्रस्थान गरेका छन्।
प्राकृतिक प्रकोपबाट देश र जनता छटपटाइरहेका बेला नितान्त पारिवारिक दायित्वका लागि दिल्ली जानु परेको उनले बताएका छन्। दिल्ली प्रस्थान गर्नुअघि पूर्वरानी कोमलको स्वास्थ्यलाभको कामना गर्न पुगेका सुभचिन्तकहरुसँग पूर्वराजा ज्ञानेन्द्रले भने, ‘म पारिवारिक दायित्वका लागि दिल्ली जाँदै छु । तर मेरो मन भूकम्पबाट छटपटाइरहेका नेपाली दाजुभाई तथा दिदीबहिनीसँगै हुनेछ।’
मुटमा केही समस्या देखिएपछि पूर्वरानी कोमललाई दिल्लीस्थित अस्पताल फोटिज एक्सर्ट हार्ट इन्स्टिच्यूटमा बुधबार भर्ना गरिएको छ । उपचारका लागि केही दिन लाग्नसक्ने पूर्वराजाका सहयोगी फडिराज पाठकले बताए। पूर्वराजाले सुभचिन्तकहरुसँग राखेको भनाइ उधृत गर्दै पाठकले भने, ‘हामीले अनेक संकट र दैवीप्रकोप सबै मिलेर सामाना गरेका छौं।’
पूर्वराजा ज्ञानेन्दले भूकम्पबाट आक्रान्त मुलुकको पुननिर्माणमा सबै जुटनुपर्ने बताउँदै भने, ‘पुननिर्माणको दायित्व हामीले आफैले पहल गरेमा अंसभव हुँदैन ।’ दुई साताअघि पत्नी कोमल र परिवारका सदस्यसहित दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्र मातातीर्थ औंशीको अघिल्लो दिन आमा रत्नको दर्शका लागि काठमाडौं फर्केका थिए।





प्रतिक्रिया दिनुहोस्...