अस्पतालमा स्थान अभावका कारण रोडमा नै उपचार जारी, सडक कोलाहलमय
अस्पतालका सबै बेड, आकस्मिक कक्ष र भूई सबै भरिएका छन् । हताहती र गम्भीर घाइतेहरुको संख्या बढ्दै गइरहेको छ । अस्पतालका स्वास्थ्यकर्मी के गर्ने के नगर्ने बिलखबन्दमा परेका छन् । राजधानीका अस्पताल छेउमा घाइतेहरु भुईभरी लम्पसार छन् । उनीहरुको अहिले पनि सडकमा नै उपचार भइरहेको छ ।
हात खुट्टा भाँचिएका, रगताम्यहरुको संख्या अनगिन्ती देखिन्छ । यद्यपी अहिलेसम्म घाइतेहुनेहरुको एकिन तथ्यांक नआए पनि अहिले सम्म करिब ५ हजारको हाराहारीमा त्यो संख्या पुगेको सरकारले जनाएको छ ।

