नेपालीको रेष्टुरेण्ट पनि तोडफोड, मेरिल्याण्डमा कर्फ्यू
अमेरिकाको मेरील्याण्डराज्यस्थित वाल्टीमोरमा फैलिएको हिंसामा नेपालीले सञ्चालन गरेको रेष्टुरेण्ट पनि तोडफोड गरिएको छ। वाल्टीमोरको चाल्स स्ट्रिटमा रहेको रेष्टुरेष्टमा स्थानीय प्रदर्शनकारीहरुले तोडफोड गरेको बताइएको छ।
नेपालीले सोहि क्षेत्रमा सञ्चालन गरेको अन्नपूर्ण ग्रोसरीमा पनि तोडफोड भएको बताइएको छ। ‘१० जनाको संख्यामा आएका प्रर्दशनकारीले तोडफोड गरेका हुन,’ रेष्टुरेष्टकी संचालीका रविना थापाले बताईन्।
वाल्टीमोरमा फैलिएको तोडफोड तथा हिंसालाई नियन्त्रण गर्न मेरिल्याण्डमा आपतकाल घोषणा गरीएको छ भने वाल्टीमोरमा राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागू गरीने मेरील्याण्डका गर्भनर ल्यारी होगनले घोषणा गरेका छन्।
तश्वीर: युएसए टुडे
