पोखरामा भीषण असिना, भूकम्प प्रभावितलाई थप पीडा


फोटो :कास्कीको लेखनाथमा शनिवार अपरान्ह् परेको असिनापानी । तस्बिरः अन्नपूर्ण ।
पोखराः कास्कीमा शनिबार अपरान्ह् भीषण् असिना पानी परेको छ। भूकम्पले घर भत्केर उठिवास भएकाहरुलाई असिनापानीले थप पीडा दिएको छ। 
 
घर भत्केर पालमुनि ओत लागेका उनीहरुलाई घनघोर बर्षासँगै ठुलो असिनाले बिचल्ली वनाएको हो । पोखरा, लेखनाथ र विभिन्न गाउँमा असिनाले चर्किएका घर, पुरिएका सामान र तरकारी खेतिमा समेत नोक्सानी पुर्‍याएको छ। 
 
नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति वामदेव ढुंगानाले असिनापानीले भूकम्प पीडितलाई थप समस्यामा पारेको बताए।‘घरहरु भत्किएर बस्नै नसक्ने भएका छन, कतिपय चिरिएका घरहरु पनि असिनाले गर्दा अव भत्कने अवस्थामा पुगे,’उनले भने ‘पोलेको ठाउँमा खटिरा आएजस्तै भयो।’  
भूकम्पले कास्कीमा २ हजार भन्दा वढि घरहरुमा क्षति पुगेको रेडक्रसले जनाएको छ । कास्कीका गाउँमा धेरै नै घरहरु चर्केर वस्न नमिल्ने भएको जनाउँदै उनले  पालको अपुग भएको उनले जानकारी दिए । 






प्रतिक्रिया दिनुहोस्...