सलमान खान जेल गएको भन्दा अभिजितको ट्वीटले बढी हंगामा


सलमानका सुपरस्टार सलमान खानलाई बुधबार दिल्लीको अदालतले ५ जेल सजाय तोक्यो । हुन त उनले २ दिनका लागि जमानत पाए तर यो विषयले भारतीय सञ्चार माध्यममा सबै भन्दा बढि चर्चा पायो ।

सलमान जेल जाँदा फरक फरक प्रतिक्रिया देखिए । सन् २००२ को एक मुद्धालाई लिएर अदालतले उनलाई जेल पठाएपछि बलिउडका हस्तिहरुले विभिन्न प्रतिक्रिया दिए ।


यस्तै प्रतिक्रिया मध्ये एक थियो बलिउडका चर्चित गायक अभिजितको ट्वीट । अभिजितले ट्वीट गरेपछि भने सलमानको भन्दा पनि बढी चर्चा र विवाद अभिजित माथि भयो ।

सलमान खान सन् २००२ मा सडकमा सुतेका एक ब्यक्तिलाई कारले हानेर भागेको मुद्धामा जेल परेका हुन् । त्यसको प्रतिक्रियामा अभिजितले सडकमा सुत्ने मान्छे नभएर कुकुर भएको र सडकमा सुत्नेको मृत्यु पनि कुकुरकै जस्तो हुने भनेर सार्वजनिक गरे । उनले घर नहुनेहरुलाई कुकुर भनेपछि उनी विवादमा तानिए ।

उनले लेखेका थिएः Kutta rd pe soyega kutte ki maut marega, roads garib ke baap ki nahi hai I ws homles an year nvr slept on rd @BeingSalmanKhan

हेर्नुस् उनको ट्वीट जस्ताको तस्तै

उक्त ट्वीटको ब्यापक आलोचना भयो । अभिजितको ट्वीट पछि सलमानको भन्दा पनि बढी चर्चा अभिजितको ट्वीटको भयो । लेखक तथा गीतकार निलेश मिश्राले त अभिजितले आफूले संकलन गरेका गीत गाएकोमा पछुतो लागेको समेत भने ।

बलिउडका अन्य कलाकारले सलमान जेल जानु परेकोमा दुःख ब्यक्त गरेपनि अभिजितको ट्वीटको भने ब्यापक आलोचना गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्...