जासुसी परेवा पाकिस्तानबाट भारत आएपछि.....


फोटो :एजेन्सी
एजेन्सी : भारतको पञ्जावमा पाकिस्तानबाट पठाइएको जासुसी परेवालार्इ त्यहाँको प्रहरीले समाएपछि सुरक्षा एजेन्सी चकित भएका छन् । पञ्जावको सिमावर्ती गाउँ मनवालमा पाकिस्ताबाट आएको एक परेवालार्इ प्रहरीले समाएको हो ।

प्रहरीले पक्रेको परेवाको एउटा पखेँटामा एउटा मोबाइल नम्बर र उर्दु  भाषामा  सन्देश लेखिएको छ । परेवाको पखेंटामा सन्देश पाइएपछि त्यहाँस्थित प्रहरी र सुरक्षा एजेन्सी चकित भएका छन् ।

यो मामिलाको त्यहाँस्थित प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।समाचार अनुसार यो सन्देशको अर्थ र मोबाइल नम्बरबारे खोजी भइरहेको छ । पञ्जावको सिमावर्ती गाउँ मनवालस्थित रमेश कुमार नाम गरेका व्यक्तिको घरमा यो परेवा अचानक आएको थियो ।

रमेशले जब परेवाको पखेंटामा केही लेखिएको देखेपछि तत्काल पक्रेर प्रहरीलार्इ खबर गरेका थिए । परेवाको पखेंटँमा पाकिस्तानको नारोवाल जिल्लाको शंकरगढ जिल्लाबाट छोडिएको तथ्य भेटिएको छ ।

पुलिस र सुरक्षा एजेन्सीले यो परेवालार्इ जासुसीका लागि या तस्करीका लागि पठाइएको बारेमा अनुसन्धान अघि बढाएको छ । अर्कातिर यो परेवालार्इ बाजीका सौखिनहरुले प्रयोग गर्ने क्रममा बाटो बिराएर भारतमा पसेको हुनसक्ने पनि अनुमान गरेका छन् ।

यो परेवालार्इ पाकिस्तानी सुरक्षा एजेन्सीले भारतीय सुरक्षाकर्मीको ध्यान भड्काउनका लागि पठाएको अर्को अनुमान पनि गरिएको छ । पञ्जाव प्रहरीले यो जासुसी परेवाबारे अझै विस्तृत जानकारी दिइनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।





प्रतिक्रिया दिनुहोस्...