धरहराबाट पचास शव निकालियो
| शनिबार गएको भूकम्पले पूर्णरुपमा ध्वस्त भएको धरहराको भग्नावशेषबाट आजसम्म ५० वटा शव निकालिएको छ। | |
काठमाडौं,१८ बैशाख - शनिबार गएको भूकम्पले पूर्णरुपमा ध्वस्त भएको धरहराको भग्नावशेषबाट आजसम्म ५० वटा शव निकालिएको छ।
क्षतिग्रसत भीमसेनस्तम्भ वरपर दुर्गन्ध फैलन नदिन काठमाडौँ महानगरपालिका तथा स्थानीय युवा क्लबले फिनेल छर्केका छन्। भग्नावशेष हटाउन नेपाल प्रहरी र महानगरपालिकाका पाँच टिपर, तीन डोजर र स्काभेटरले परिचालन गरेका तथा उक्त क्षेत्रको सुरक्षामा ६० प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक वेद विष्टले बताए। रासस |
