माओवादीद्वारा ६ सय गाउँलेको अपहरण


फोटो :एजेन्सी
एजेन्सी : माओवादीले भारतको छत्तिसगढस्थित गाउँबाट ६ बढी सर्वसाधरणको अपहरण गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुलार्इ माओवादीले शनिबार बिहानै गाउँबाट अपहरण गरी लगेका हुन् ।

समाचार अनुसार छत्तिसगढ भ्रमणमा निस्केका अन्य हजारौं गाउँलेलार्इ माओवादीले बाटैमा रोकिदिएका छन् ।

माओवादीले अपहरण गरेका सबै सर्वसाधरण छत्तिस गढको सुकमा जिल्लास्थित मारेङ्गा गाउँका रहेका छन् । छत्तिसगढकै दन्तेवाडा जिल्लामा शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीको सभामा सहभागी हुन ती सर्वसाधरण आइरहेका थिए ।

छत्तिसगढ राज्यका गृहमन्त्री रामसेवक पैङ्कराले माओवादीले अधिकांश भारतीय जनता पार्टीका कार्यकर्ताको अपहरण गरेको दाबी गरे । तर उनले अपहरण गरिएकाहरुको संख्या भने खुल्न नसकेको बताए ।
छत्तिसगढकै बस्तरका आईजी एसआरपी कल्लुरीका अनुसार माओवादीले सडक निर्माणमा खटिएका केही मजदुरलार्इ अपहरण गरेको जानकारी दिए । अपहरण गरिएका मजदुरलार्इ छुटाउन उनीहरुका आफन्तहरु माओवादीलार्इ भेट्न पुगेका छन् ।

यता माओवादी कार्यकर्ताले नै दन्तेवाडास्थित कनालुरको नजिकै रेलवेको ट्र्याकमा बम राखेर उडाइदिएका छन् । माओवादीले दन्तेबाडाकै बानपारमा सड़क निर्माणमा लगाइएको मिक्सर मेसिन पनि आगो लगाएर जलाइदिएका छन् ।
शनिबार दन्तेवाडामा प्रधानमन्त्री नरेन्द्र मोदीको सभा रहेको छ । जसका लागि सुरक्षामा कडाइ गरिँदा पनि माओवादीले आफ्नो गतिविधि तीब्र पारेका हुन् ।

प्रधानमन्को सभा हुने स्थानबाट १० किलोमिटर टाढासम्मको क्षेत्रमा भारतीय अर्धसैनिक बलका ११ हजार बढी जवानलार्इ तीन दिनअघिबाट तैनाथ गरिएको थियो ।

सुरक्षाकै कारण जनाउँदै यो इलाकामा चल्ने रेललार्इ बिहीबारबाटै रोक लगाइएको थियो । यसका साथै महाराष्ट्रर ओडिसाको सिमाना पनि सिल गरिएको छ ।

सुरक्षाको यति साह्रो कडाइ गर्दा पनि माओवादीको हिंस्रक घटनामा कुनै कमी आउन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् 





प्रतिक्रिया दिनुहोस्...