घरबारबिहिन भद्रगोलका सितेबाले कसे लगनगाँठो (तस्बीरसहित)


काठमाडौं । चण्डोल निवासी रिजु पौडेलसँग गत बैशाख १६ गते नै लगनगाँठो कस्ने तयारीमा थिए, हाँस्य श्रृङ्खला भद्रगोलका कलाकार मधुसुदन पाठन ‘सितेबा’ । तर, बैशाख १२ गते आएको विनाशकारी भुकम्पका कारण रोकिएको वैवाहिक कार्यक्रम आज सम्पन्न भएको छ ।

भद्रगोलमा सुस्त शैलीमा ‘ए हो ठीकै छ’ भन्ने थेगो बेलेर चर्चामा आएका सितेबाले शुक्रबार सीमित साथीभाई र आफन्तका माझ राजधानीको धुम्रबराह पार्टी प्यालेसमा आयोजित वैवाहित कार्यक्रममा रिजुको सिउँदोमा सिन्दुर रंग्याएर आफ्नो बनाए । वैवाहिक कार्यक्रममा उपस्थित हरुले उनकै शैलीमा ‘ए हो ठीकै छ, बिहे नै पो गरेको’ भन्दै बरबधुलाई दाम्पत्य जीवनको शुभकामना दिएका थिए । कलेजी रङको ढाकाको दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएका सितेबाले भुकम्पका कारण तोकिएको समयमा विवाह बन्धनमा बाँधिन नकिएको र आज भने साइत जुरेको ठट्यौली शैलीमा बताए । उनले घरबार बसाउनु अघि घरबार भत्किएको भन्दै अब बेहुलीलाई काठमाडौंमै जसोतसो गरेर भित्र्याउने योजना बनाएको बताए । उनको काभ्रेको कोशीदेखामा रहेको दुईओटा घर भुकम्पको कारण ध्वस्त भएको छ ।यसअघि बैशाख ८ गते इन्जेजमेन्ट गरेका उनले १६ गतेको बिहेपछि १८ गते भव्य भोज दिने तयारी गरेका थिए । तर, भुकम्पपछि भने भव्य भोज नगरी सो बापतको रकम भुकम्प पीडितलाई गर्ने मनस्थिति उनले बनाएका छन् । सितेबाले गरे इंगेजमेण्ट, भन्छन्,‘बिलासे लमी बनेपछि मात्र पिरति बस्यो’




प्रतिक्रिया दिनुहोस्...